निरन्तर निर्देशनमा गौतम

त्रिवेणी नेपाल

Views: 299
Shares: 4

काठमाडौँ, ७ असार (त्रिवेणी नेपाल ) ः थोरै चलचित्र निर्देशन गरेर धेरै चर्चा बटुल्न सफल निर्देशक लोकनाथ गौतमले निर्देशन गरेका ‘रोमान्स’ र ‘लभ इज लाईफ’ प्रदर्शनमा आईसकेको छ । ति चलचित्रले विभिन्न अवार्ड पाएको थियो । विगत एक दशक देखि निरन्तर कला क्षेत्रमा सकृय रहदै आएका निर्देशक लोकनाथ गौतमले भि.एफ.एक्श. प्रविधिमा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने बुझेका निर्देशक लोकनाथ गौतमले आफ्नो चलचित्रलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदाय माझ पुराउने मनस्थिति बनाएका छन् दुई वर्षको अध्ययन पश्चात हालैमात्र आफ्नो चलचित्रको स्क्रिप्ट तयार भएको कुरा निर्देशक गौतमले जानकारी गराएका छन् । महंगो भन्दा पनि स्तरिय चलचित्र बन्नु पर्छ भन्ने मान्यताका निर्देशक हुन लोकनाथ गौतम । उनको चलचित्रको नाम ‘एलियन्स’ रहेको छ जुन चलचित्रमा एनिमेशनको दृश्य बढी रहने निर्देशक गौतमले बताए । चलचित्रमा अत्याधिक भि.एफ.एक्श.को काम भएको हुँदा नयाँ प्रविधिसंगै प्राविधिक पनि भारतबाटै लयाउनु पर्ने तर्क निर्देशक लोकनाथ गौतमको छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho